एसियन गेम्समा क्रिकेट टोलीले आफ्नो सुविधाअनुसार होटल रोज्न पाउने
barnanmedia.com · Wed Sep 02 23:33:32 GMT 2026
आगामी एसियन गेम्समा सहभागी हुने क्रिकेट टोलीहरूले आफ्नो इच्छाअनुसार होटलको व्यवस्था आफैं गर्न पाउने भएका छन् । आयोजकले उपलब्ध गराएको आवास व्यवस्थाप्रति विभिन्न टोलीले चासो र चिन्ता व्यक्त गरेपछि जापान क्रिकेट संघले टोलीहरूलाई आफ्नो सुविधाअनुसार होटल रोज्न सक्ने स्पष्ट पारेको हो ।
जापान क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नाओकी एलेक्स मियाजीले बुधबार क्रिकेट टोलीका लागि होटलको सुविधा उपलब्ध गराइएको जानकारी दिँदै कुनै टोलीले आफ्नै होटलको व्यवस्था गर्न चाहे त्यसमा रोक नहुने बताउनुभयो । मियाजीका अनुसार आयोजक समिति र एसियन क्रिकेट काउन्सिलबीच लामो समयदेखि खेलाडीको बसोबास व्यवस्थाबारे छलफल भइरहेको छ ।
Read full story at source (barnanmedia.com)