सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, दुरुपयोग रोक्न प्रक्रिया तीव्र
aarthiknews.com

काठमाडौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश पास कर्मचारी सरुवा, अवकाश, राजीनामा वा सेवा छाडिसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययन प्रतिवेदनले हाल कार्यरत नरहेका कर्मचारीको चार हजार ७२ वटा पास सक्रिय ‘एक्टीभ’ देखिएको पाइएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । उनका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका उक्त सक्रिय रहेका पुराना प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया तीव्र बनाइएको छ ।
Read full story at source (aarthiknews.com)