सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु
gorkhapatraonline.com · Thu Jun 11 00:37:14 GMT 2026

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण सुरु गरिएको छ । शिलान्यास गरिएको २९७ किमी लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यु दमौली प्रसारण लाइन खण्ड र न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन खण्ड रहेको एमसिए नेपालले जनाएको छ ।
निर्माण थालिएका सबस्टेसन तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न छन् । टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यु दमौली सबस्टेसन निर्माण गर्दै छ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किमी लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारण लाइन खण्ड निर्माण गर्ने छन् ।
Read full story at source (gorkhapatraonline.com)