गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त
rajdhanidaily.com · Thu Jul 02 10:33:35 GMT 2026

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई गोरखपत्र संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए। रावल कैलालीका बासिन्दा हुन्। उनी बीबीसीमा कार्यरत छन्।
Read full story at source (rajdhanidaily.com)