कञ्चनपुर ७ पालिकामा आज बिदा
himalpress.com · Thu Sep 03 00:44:29 GMT 2026

महेन्द्रनगर- कञ्चनपुरका सात पालिकामा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको बताए । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
Read full story at source (himalpress.com)