जेडटिईको गेमिब स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपालमा उपलब्ध अब ०% ब्याजदरको ईएमआई सुविधामा उपलब्ध
ajakoartha.com · Thu Jul 02 11:16:00 GMT 2026

काठमाडौं- ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिब स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो । फ्ल्यागशिप स्तरका गेमिब फिचर, उन्नत कुलिब प्रणाली तथा शक्तिशाली ब्याट्री क्षमतासहित यस स्मार्टफोनले उत्कृष्ट गेमिब अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हाइ स्पिड र उत्कृष्ट प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नुबिया नियो ५ जीटी ५जी मा १.५के १४४ हर्ज गेमिब डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिंग इण्डस्ट्रिमै पहिलो पटक प्रयोग गरिएको बिल्ट–इन कुलिब फ्यान, तथा ८० वाट फास्ट चार्जिबसहितको ६,२१० एमएएच डुअल–सेल ब्याट्री उपलब्ध छ । यी विशेषताले लामो समयसम्म स्मुथ गेम प्ले, प्रभावकारी हिट म्यानेजमेन्ट तथा अविरल गेमिब अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
Read full story at source (ajakoartha.com)