गुल्मीमा दुग्ध उत्पादन बढ्दो, किसान भने घट्दै
gorkhapatraonline.com · Thu Jun 11 01:36:07 GMT 2026

गुल्मीमा वर्षेनी दुग्ध उत्पादन बढ्दै गएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार हाल जिल्लामा गाईबाट ६ हजार ६७९ मेट्रिक टन र भैँसीबाट १६ हजार ८५८ मेट्रिक टन गरी वार्षिक करिब २३ हजार ५३७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा गाईबाट ६ हजार ३८१ मेट्रिक टन र भैँसीबाट १६ हजार ४३७ मेट्रिक टन गरी २२ हजार ८१८ मेट्रिक टन दूध उत्पादन भएको थियो।
उत्पादित दूधमध्ये करिब ३५ प्रतिशत घरायसी प्रयोजन तथा डेरी उद्योगमार्फत खपत हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेले जानकारी दिनुभयो। विभिन्न स्थानीय तहमार्फत दुग्धजन्य पदार्थका रूपमा दैनिक करिब १ हजार ५०० लिटर दूध जिल्ला बाहिर जाने गरेको केन्द्रले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)