एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
canadanepal.com · Mon May 18 06:03:22 GMT 2026
काठमाडौं - नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । सन्दीपले स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेका छन् ।
एकदिवसीय क्रिकेटमा यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । त्यस्तै पाकिस्तानका सक्लिन मुस्ताकले ७८ खेलमा, अफगानिस्तानका रशिद खानले ८० खेलमा र न्यूजील्याण्डका ट्रेन्ट बोल्टले ८१ खेलमा १५० विकेट लिएका थिए ।
Read full story at source (canadanepal.com)