बाढी पीडितलाई मन फुकाएर सहयोग गर्दै मधेसवासी
ratopati.com · Thu Sep 03 00:49:49 GMT 2026

जनकपुरधाम । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएको छ । विपद्को यो घडीमा पीडित परिवारहरूलाई अहिले देश–विदेशबाट सहयोग गर्ने मनकारीहरू दिन प्रतिदिन बढिरहेका छन् ।
देशमा पीडा परेको बेला सबैले सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ यतिबेला सबैले सहयोगका हात बढाइरहेका छन् । देश–विदेशबाट सहयोग गर्नेहरू लामबद्ध हुने क्रममा मधेस प्रदेश सरकार, मधेसका स्थानीय तह, शिक्षक, चिकित्सक, उद्योगी–व्यवसायीसँगै सर्वसाधारण समेत अग्रसर भएका छन् ।
Read full story at source (ratopati.com)