‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
ratopati.com · Thu Jul 02 11:25:12 GMT 2026

काठमाडौँ । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र पीडित बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता गराउन सरकारले कडा कदम बताएको छ । प्रतिनिधिसभामा बिहीबार भएको सहकारी (पहिलो संशोधन) विधेयक,२०८३ को दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारीको नाममा भएको अनियमितता रोक्न सरकार निर्मम हुने बताएकी हुन् ।
मन्त्री रावलले सहकारीका विषयमा सदनमा भ्रमपूर्ण अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरिन् । ‘सहकारी कुन उद्देश्यले खोलिएको थियो र आज कुन अवस्थामा छ भन्ने हामी सबैलाई थाहा छ,’ रावलले भनिन्, ‘बचतकर्ताहरू पहिले नै पीडित छन्, उहाँहरूलाई थप त्रसित र भ्रमित पार्ने गरी सदनमा कुराहरू आउनु हुँदैन।’
Read full story at source (ratopati.com)