आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Thu Sep 03 00:54:44 GMT 2026

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६६ पैसा र बिक्रीदर १५२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४९ पैसा र बिक्रीदर १७६ रुपियाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ५१ पैसा र बिक्रीदर २०५ रुपियाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ०५ पैसा र बिक्रीदर १८६ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)