‘जलवायु परिवर्तनले जोखिम बढ्दो’
gorkhapatraonline.com · Thu Sep 03 00:57:11 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभएको छ । रसुवा बाढीका सम्बन्धमा सरकारले गरेका काम कारबाही र भावी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी भएको बताउनुभयो । विपत्पछिको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनुभएको हो ।
प्रतिनिधि सभामा सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर सङ्केत गरेको छ । त्यसैले हामी त सचेत हुनै पर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपत्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो ।”
Read full story at source (gorkhapatraonline.com)