कृष्णभीरमा सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास अभाव, वैकल्पिक मार्गबाट आपूर्तिको तयारी
barnanmedia.com · Thu Sep 03 00:58:37 GMT 2026

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि प्रभावित बनेको काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति भोलिदेखि सहज हुने भएको छ। वैकल्पिक सडकमार्ग प्रयोग गरी तराईका विभिन्न ग्यास उद्योगबाट भरिभराउ सिलिन्डरसहितका ट्रक काठमाडौं भित्र्याउने तयारी गरिएको छ।
गत भदौ १४ गते त्रिशूली नदीले कृष्णभीरमा करिब २० मिटर सडक कटान गरेपछि राजमार्गको आधाभन्दा बढी भाग भासिएको थियो। त्यसपछि उक्त खण्डमा आवागमन प्रभावित हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति शृङ्खला अस्तव्यस्त बनेको थियो।
Read full story at source (barnanmedia.com)