मानव तस्करीमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छ : खुश्बु ओली
baahrakhari.com · Mon May 18 06:25:02 GMT 2026

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन् । सोमबार (जेठ ४) प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर उनले कुवेतलगायत मुलुकमा नेपाली मानव तस्करले १० देखि १२ लाख रुपैयाँमा महिलालाई वैदेशिक रोजगारीका नाममा बेच्ने गरेको जिकिर गरिन् ।
सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करले विभिन्न बाटो प्रयोग गरेर ती देशमा पुर्याउने गरेको उनले उल्लेख गरिन् । त्यसमा निगरानी राख्न उनले सरकारलाई सचेत गराइन् ।
Read full story at source (baahrakhari.com)