बाढी प्रभावित नुवाकोटको अधिकांश क्षेत्रमा ‘वैकल्पिक विधि’बाट पुर्याइयो बिजुली
himalpress.com · Thu Sep 03 01:06:42 GMT 2026

काठमाडौँ- नुवाकोटका अधिकांश ठाउँमा वैकल्पिक विधिमा विद्युत आपूर्ति गरिएको छ। भोटेकोशी बाढीका कारण क्षतविक्षत भएको विद्युतीय सेवा नेपाल विद्युत प्राधिकरणले चपली–देवीघाट दायाँ सर्किट चार्ज गरेर आपूर्ति पुनःस्थापित गरेको हो। हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भई आपूर्ति पहिलेभन्दा थप भरपर्दो र सुधारिएको भोल्टेजसहित सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।
१० भदाैमा भाेटेकोसीमा आएको विनासकारी बाढीले क्षतविच्छेद बनाएको विजुली सुचारु भएपछि बाढी प्रभावित क्षेत्रका नागरिकले राहत महसुस गरेका छन्।
Read full story at source (himalpress.com)