एसीसी प्रिमियर कप : आयोजक मलेसियासँग आज भिड्दै नेपाली क्रिकेट टोली
himalpress.com · Thu Sep 03 01:10:54 GMT 2026
काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ।
आइतबारदेखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपाल र मलेसियाबीचको खेल बिहान ७ः१५ बजे सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो।
Read full story at source (himalpress.com)