५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
ratopati.com · Fri Jun 26 08:14:22 GMT 2026

सोल । उत्तर कोरियाबाट बढ्दो सैन्य खतरा सामना गर्न दक्षिण कोरियाले ठुलो स्तरको ड्रोन तथा काउन्टर–ड्रोन क्षमता विस्तार गर्ने घोषणा गरेको छ । योजनाअनुसार करिब ५ लाख ‘ड्रोन योद्धा’लाई तालिम दिइनेछ र अग्रपंक्तिका सैनिक युनिटहरूमा हजारौँ ड्रोन प्रणालीहरू वितरण गरिनेछ ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको योजनाअनुसार सन २०२९ सम्ममा करिब १ लाख १० हजार ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसलाई सेना, नौसेना, वायुसेना र मरीनमा प्रयोग गरिनेछ ।
Read full story at source (ratopati.com)