‘पार्वती’ फिल्मकाे ‘नौतुनाको रेल’ गीत रिलिज
nagariknews.nagariknetwork.com · Fri Jun 26 08:05:31 GMT 2026

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो।
सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, वसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरिएको छ। भिडियोमा दीपाश्री पुरुषको वेशभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन्। उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)