काठमाडौं महानगरले शुक्रराज अस्पताललाई दियो रेबिजविरुद्धको खोप
nagariknews.nagariknetwork.com · Fri Jun 26 08:03:48 GMT 2026

काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई रेबिजविरुद्धको १८ सय भाइल खोप निःशुल्क प्रदान गरेको छ। शुक्रबार महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले उक्त खोप प्रदान गरेकी हुन्।
खोप हस्तान्तरण गर्दै मेयर डंगोलले उपत्यकामा रेबिजविरुद्धको खोप अभाव भएको जानकारी आएको र टेकु अस्पतालबाट पनि माग आएपछि खोप प्रदान गरेको बताइन्। अति जोखिमपूर्ण रेबिजको उपचारमा खोपको विकल्प छैन,' उनले भनिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)