कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
ratopati.com · Thu Jul 02 11:47:39 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता जनार्दन शर्माले बिहीबार कर्णाली प्रदेशमा भएको माइक्रोबस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता शर्माले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले लेखेका छन्,‘सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक माइक्रोबस साङ्गेटडामा दुर्घटना भई भएको मानवीय क्षतिले मलाई अत्यन्त दुःखी बनाएको छ। यस दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
Read full story at source (ratopati.com)