स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
onlinekhabar.com · Fri Jun 26 08:14:12 GMT 2026

१२ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।
शुक्रबार बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । जिपमा चालकसहित १८ जना सवार थिए ।
Read full story at source (onlinekhabar.com)