पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा
ajakoartha.com · Thu Jul 02 11:46:00 GMT 2026

काठमाडौं- अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन् । बजगाईले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ६० भन्दाबढी बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, काभ्रेका पूर्व अध्यक्ष, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले असार १८ गते आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गरेका हुन् । उनले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि यही सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआएका छन् ।
Read full story at source (ajakoartha.com)