परीक्षा बोर्ड अगाडि अनेरास्ववियुको प्रदर्शन
annapurnapost.com · Fri Jun 26 08:11:42 GMT 2026

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानविनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेका छन् ।
कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो । उनीहरुले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेतिथी अन्त्य गर, अनियमितता छानविन गर, दोष्ीालाई कारवाही गर, शैक्षिक न्याय कायम गरलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
Read full story at source (annapurnapost.com)