श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ पुर्पक्षका लागि जेल चलान, प्रेमिकाले पनि पाइनन् धरौटी
nagariknews.nagariknetwork.com · Thu Jul 02 12:01:44 GMT 2026

सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा श्रीमती नेपाली सेनाको सुवेदार ईश्वरी भुजेल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा जाने भएका छन्। काठमाडौं जिल्ला अदालतले बिहीबार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई अनुसन्धान नसकिँदासम्म थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया भुजेलको धारिलो हतियार प्रयो गरी गत जेठ २२ गते राति हत्या गरेका थिए। बयानका क्रममा उनले घाँटी रेटेर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)