जेठी श्रीमतीको हत्या गरेर जेल बसेर फर्किएका व्यक्ति फेरि कान्छी श्रीमतीको हत्या आरोपमा पक्राउ
barnanmedia.com · Thu Jun 25 15:59:06 GMT 2026

जेठी श्रीमतीको हत्या मुद्दामा जेल सजाय भोगेर छुटेका एक व्यक्ति फेरि आफ्नी कान्छी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यामबहादुर कुमालमाथि ३७ वर्षीया कान्छी श्रीमती मुना कुमालको हत्या गरेको आरोप लागेको हो। प्रहरीका अनुसार मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा उनले दाउराको चिर्पटले प्रहार गर्दा मुनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Read full story at source (barnanmedia.com)