किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवाश्री पदक
nepallive.com · Sun Sep 19 05:35:00 GMT 2021
काठमाडाैं– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुने भएका छन्। संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवी र विभूषण पाउनेकाे सूचीमा उनको नाम समावेश गरिएको हो।
किरणले भर्खरै नेपालमा सम्पन्न भारतसँगको मैत्रिपूर्ण खेलका क्रममा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली क्याप्टेनको इतिहास रचेका थिए।उनीसँगै खेल क्षेत्रमा योगदान गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि प्रबल जनसेवाश्री पदकमार्फत सम्मान गरिने भएको छ।
Read full story at source (nepallive.com)