सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो
corporatenepal.com · Thu Jun 11 02:30:11 GMT 2026

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको आईपीओ निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको थियो।
कम्पनीले आफ्नो ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। उक्तमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर वितरण गरिसकिएको छ।
Read full story at source (corporatenepal.com)