जगमोहन स्मृति दिवसमा सिर्जना वाचन
gorkhapatraonline.com · Thu Sep 03 02:03:45 GMT 2026

ताप्लेजुङका अग्रज साहित्यकार जगमोहन शाक्यको स्मृति दिवसमा सिर्जना वाचन गरिएको छ । शाक्यको १७ औँ स्मृति दिवसका अवसरमा मङ्गलबार सदरमुकाम फुङलिङमा सिर्जना वाचन कार्यक्रम गरिएको हो ।
मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जिल्लाका अग्रज साहित्य सर्जक भरत गुरुङ, चन्द्र मादेन (आन्छन), लेकाली कान्छा मुक्कुमलगायतले सिर्जना वाचन गर्नुभयो । यसै गरी होमनाथ दाहाल, सीता पिरती, लीला आँसु, उदय भट्टराई, प्रशान्त लेखकसहित साहित्य सिर्जनामा सक्रिय तथा उदयमान सर्जकले रचना वाचन गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)