अमेरिकाको मिनियापोलिसस्थित अपार्टमेन्टमा गोलीबारी: संदिग्धसहित ३ जनाको मृत्यु
nepalviews.com · Thu Sep 03 02:06:18 GMT 2026

एजेन्सी । अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिसको एक अपार्टमेन्टमा बुधबार दिउँसो भएको अन्धाधुन्ध गोलीबारीमा परी दुई जनाको मृत्यु भएको छ। प्रहरीको कारबाहीमा गोली चलाउने संदिग्ध हमलाकारी पनि मारिएका छन्।
घटनामा तीन जना प्रहरी अधिकारी घाइते भएका छन्, जसमध्ये दुई जनालाई गोली लागेको छ। घाइते सबै प्रहरीको अवस्था स्थिर रहेको जनाइएको छ।
Read full story at source (nepalviews.com)