बन्दै विश्वकै अग्लो युमा माङ्गहिम
gorkhapatraonline.com · Thu Jun 11 02:59:05 GMT 2026

धनकुटाको चौबिसेमा नौ तले युमा माङ्गहिम निर्माण हुने भएको छ । चौबिसे गाँउपालिका–६, राजारानीमा विश्वकै अग्लो युमा माङ्गहिम निर्माण हुन लागेको हो । प्रदेश सरकार गाउँपालिका वडा कार्यलय तथा किराँत धर्मावलम्बीबाट सहयोग सङ्कलन गरेर निर्माण गर्न लागिएको चौबिसे गाँउपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।
युमा माङ्गहिम निर्माण भइसक्दा करिब नौ करोड रुपियाँ खर्च हुने अनुमान पालिकाको रहेको छ । हालसम्म करिब दुई करोड रुपियाँ खर्च भइसकेको छ । अहिले जमिनमाथि दुई तला निर्माण भएको छ ।
Read full story at source (gorkhapatraonline.com)