सडक सञ्जालसँग जोडिँदै अपि
gorkhapatraonline.com · Thu Jun 11 03:02:33 GMT 2026

सडक सञ्जालको पहुँचबाहिर रहेको यहाँको एक मात्र स्थानीय तह अपिहिमाल गाउँपालिका अब सडकसँग जोडिँदै छ । सदरमुकाम खलङ्गाबाट करिब २३ कोस उत्तरपश्चिममा रहेको पालिकाको वडा नं. ३ को गौड्याखोलासम्म सडक पुगेको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिनुभयो ।
सडक सञ्जालसँग जोडिन बाँकी रहेको दार्चुलाको एक मात्र पाालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यो सडकलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)