अक्टोबर ७: हमास आक्रमणको एक हजार दिन
barnanmedia.com · Thu Jul 02 12:49:11 GMT 2026

हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायलभर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ । पीडित परिवार तथा बन्धकका आफन्तहरूले आक्रमणअघि र त्यसपछिका सरकारी निर्णयहरूको निष्पक्ष छानबिन गर्न राज्यस्तरीय अनुसन्धान आयोग गठनको माग दोहोर्याएका छन् ।
कार्यक्रम बिहान ६ः२९ बजे सुरु गरिएको थियो । यो हमासले इजरायलमाथि आक्रमण थालेको समय हो । आधिकारिक इजरायली तथ्याङ्कअनुसार उक्त आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो ।
Read full story at source (barnanmedia.com)