मधेसमा मोटरसाइकल दुर्घटना बढ्दै
annapurnapost.com · Mon May 18 08:12:49 GMT 2026

महोत्तरी : उमेर नपुगेकाले तीव्र गतिमा सवारी चलाउनु, सवारीसाधन पुराना हुनु अनि जीर्ण सडककै कारण मधेसमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। सरकारले दुर्घटना न्यूनीकरणका लागि अनेक उपायहरू अवलम्बन गरेको छ। तर, त्यस्ता दुर्घटनाका कारकत्त्व यथावतै छन्। जसले मधेसमा ८ जिल्लामा दिनहुँ सवारी दुर्घटनाका कारण घाइते हुने र ज्यान गुमाउनेसम्बन्धी समाचार बनिरहन्छन्। जुन प्रहरीका लागि पछिल्लो समय टाउको दुखाइ बन्दैछ।
आर्थिक वर्ष २०८२/०८३ को ९ महिना अर्थात् साउनदेखि चैत मसान्तसम्म यहाँ ८ हजार ६ सय २४ वटा सवारी दुर्घटना भएका छन्। सडक दुर्घटनाअन्तर्गत मोटरसाइकल दुर्घटना यस प्रदेशका लागि घातक बन्दै गएको तथ्य प्रहरीको रेकर्डले देखाएको छ। कुल सवारी दुर्घटनामध्ये करिब दुईतिहाइ हराहारीमा मोटरसाइकल दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ। यस अवधिमा ५ हजार ९ सय ७५ वटा मोटरसाइकल दुर्घटना भएका छन्।
Read full story at source (annapurnapost.com)