बैतडीमा मेयर कप क्रिकेट शुरु आजको पहिलो खेलमा खलंगा विजयी
mahendranagarpost.com · Wed Mar 09 14:23:52 GMT 2022
बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा बुधबार पाँचौँ संस्करणको मेयर कप पुरुष टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ। उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ४ खलंगा विजयी भएको छ।
खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो। निंग्लाशैनी खेलमैदान देहीमाडौंमा खलंगाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको ग्वाल्लेक १९ दशमलव ५ ओभरमा १ सय ५१ रनमा समेटियो। उसका लागि नरेश जोशीले ३५ र निरज चन्दले ३० रनको योगदान गरे।
खलंगाका गोविन्द नाथ र विरेन्द्र चन्दले २र२ विकेट लिए।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको खलंगाले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ७२ रन जोडेको थियो। उसका लागि प्रदीप चन्दले अर्धशतकीय पारी खेल्दै ६३ रनको योगदान गरे।
राजु भाटले ३५ रन बनाए। ग्वाल्लेकका लागि दीपक जोशी र पिताम्बर जोशीले ३/३ विकेट झारे। खेलका म्यान अफ द म्याच प्रदीप चन्द भएको स्कोरर द्रोपती कुँवर (बोहरा) ले जानकारी दिइन्।प्रतियोगितामा सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा शुरु प्रतियोगिता चैत २ गतेसम्म हुनेछ।
Read full story at source (mahendranagarpost.com)