दीपा नेपालीको ‘डेरा खोइ सरकार’ आन्दोलनमा गिरिजाप्रसादको खोजी
onlinekhabar.com · Thu Jun 11 04:05:41 GMT 2026

गिरिजाप्रसाद कोइरालाको देहावसान भएको पनि १६ वर्ष बितिसकेको छ। उनी जीवित रहुन्जेल म आफैंले व्यक्तिगत रूपमा खासै उनलाई ‘देश तथा जनताको हितमा काम गर्ने नेता’ का रूपमा स्वीकार गरिनँ। तर काठमाडौंमा डेरा समस्याबाट पीडित दलित अभियन्ता दीपा नेपालीले विगत ५० दिनदेखि माइतीघरमण्डलमा जुन धर्ना दिइरहेकी छन्, त्यो आन्दोलन हेर्दा गिरिजाप्रसादको अभाव साँच्चिकै खट्किइरहेको छ।
२०४८ सालमा भर्खरभर्खर बहुदलीय व्यवस्था स्थापना भएको अवसरमा दलित समुदायले के, किन र कसरी गर्ने भन्ने अन्योल छाइरहेको थियो। त्यस्तोमा दलित सेवा सङ्घले एउटा विचार गोष्ठीको आयोजना गर्यो र सो गोष्ठीलाई स्वयम् प्रधानमन्त्रीले नै सम्बोधन गर्ने तय भएको थियो। तर पार्टीभित्र दलित–दलित बीच किचलो परेपछि उद्घाटन कार्यक्रममा रामशरण महत आए।
Read full story at source (onlinekhabar.com)