बालश्रममुक्त घोषणा गर्ने १३ पालिका, ६ प्रतिष्ठान र ७ उद्यमी सम्मानित
onlinekhabar.com · Thu Jul 02 14:00:46 GMT 2026

१८ असार, काठमाडौं । सरकारले बालश्रम निवारण, सुरक्षित कार्यस्थल प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा उल्लेखनीय योगदान पुर्याउने स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई सम्मान गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा बालश्रममुक्त घोषणा गरेका १३ स्थानीय तह, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य (ओएसएच) क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ औद्योगिक प्रतिष्ठान तथा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका ७ जनालाई सम्मान गरेको हो ।
Read full story at source (onlinekhabar.com)