नेपाल टेलिकमका सिमकार्ड र सामग्री हुलाक सेवामार्फत ग्राहकको घरमै पुर्याइने
techpana.com · Thu Jul 02 13:57:58 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराउँदै आएको सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र र दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी गर्ने सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको छ ।
बिहीबार भएको सम्झौता अनुसार १ साउनदेखि हुलाक सेवा विभागमार्फत यी सामग्रीको ढुवानी सुरु गरिनेछ । यससँगै नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री हुलाक सेवामार्फत सिधै आफ्नो घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।
Read full story at source (techpana.com)