विक्की–कटरिनालाई ज्यान मार्ने धम्की
nepallive.com · Mon Jul 25 17:14:00 GMT 2022
काठमाडौं- पछिल्लो समय बलिउडका कलाकारहरुलाई विभिन्न माध्यमबाट ज्यान मार्ने धम्की प्राप्त हुने क्रम बढिरहेको छ। पञ्जाबी गायक सिद्धु मुसेवालाको निधनपछि सलमान खानलाई ज्यान मार्ने धम्की प्राप्त भएको थियो। अहिले बलिउडको जोडी विक्की कौशल र कटरिना कैफलाई पनि ज्यान मार्ने धम्की आएकाे छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विक्की र कटरिनालाई मलविन्दर सिंह नामक एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका थिए। आफ्नो ज्यान मार्ने धम्की प्राप्त भएपछि उनीहरुले आइतबार साँझ सान्ताक्रुज प्रहरी कार्यालयमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले धम्की दिने सिंहलाई पक्राउ गरेको छ।
Read full story at source (nepallive.com)