आर्थिक सङ्कटले पत्रिका बन्द
gorkhapatraonline.com · Thu Sep 03 03:51:44 GMT 2026

म्याग्दीको सदरमुकाम बेनीबाट नियमित प्रकाशन हुँदै आएका दुई वटा दैनिक पत्रिकाले आर्थिक सङ्कटका कारण प्रकाशन बन्द गरेका छन् । कोभिड–१९ महामारीपछि निरन्तर आर्थिक समस्या झेल्दै आएका यहाँका राम्रै चलेका ‘रुप्से दैनिक’ र ‘रिखार दैनिक’ सरकारी विज्ञापन अभाव, खुम्चिँदै गएको विज्ञापन बजार र बढ्दो सञ्चालन खर्चका कारण नियमित प्रकाशन गर्न नसकेपछि बन्द भएका हुन् ।
कोभिड महामारीपछि आर्थिक समस्या भोग्दै आएका दैनिक पत्रिकामा पछिल्लो समय सरकारी विज्ञापन उपलब्ध नहुनु र विज्ञापन बजार साँघुरिँदै गएका कारण आर्थिक समस्या भएपछि नियमित रूपमा प्रकाशन गर्न कठिनाइ उत्पन्न भएपछि पत्रिका प्रकाशन बन्द गर्नुपर्ने बाध्यता भएको रुप्से दैनिक पत्रिकाका सञ्चालक प्रताप बानियाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)