सन्दीप लामिछानेले तोडे मिचेल स्टार्कको कीर्तिमान
barnanmedia.com · Mon May 18 09:13:15 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन्। विश्व क्रिकेटकै सर्वाधिक सफल बलरमध्येका एक अष्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको 'सबैभन्दा छिटो १५० विकेट' लिने कीर्तिमानलाई तोड्दै लामिछानेले विश्व क्रिकेटमा नयाँ इतिहास रचेका हुन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा ३ विकेट लिँदै सन्दीपले यो सफलता हात पारेका हुन्।
Read full story at source (barnanmedia.com)