रातामाटाका ४१ वर्षीय गोपाल कुमालले १४ वर्षअघि पहिलो श्रीमतीको हत्या गरेकै शैलीमा अहिले दोस्रो श्रीमतीको पनि निर्ममतापूर्वक हत्या
barnanmedia.com · Thu Jul 02 14:32:28 GMT 2026

गुल्मीको तत्कालीन इस्मा गाउँ विकास समिति–१ रातामाटाका ४१ वर्षीय गोपाल कुमालले १४ वर्षअघि पहिलो श्रीमतीको हत्या गरेकै शैलीमा अहिले दोस्रो श्रीमतीको पनि निर्ममतापूर्वक हत्या गरेको तथ्य खुलेको छ।
२०६९ मंसिर १ गते साँझ करिब ५ः४५ बजे सामान्य घरायसी विवादका क्रममा गोपालले आफ्नी २६ वर्षीया श्रीमती कमला कुमालमाथि चिर्पट, लात्ती र मुक्काले निर्घात कुटपिट गरेका थिए। टाउकोमा चिर्पट प्रहार गरेपछि कमला अचेत भएकी थिइन्। श्रीमतीको मृत्यु भएको ठानेपछि गोपालले आफू जोगिन काल्पनिक कथा रच्दै कमला झुन्डिएर मरेको हल्ला गाउँभर फैलाएका थिए।
Read full story at source (barnanmedia.com)