नेपाली युवाले बनाए ‘नम्बर ब्रेन’, खेल्दा खेल्दै गणित सिकाउने मोबाइल गेम
ictsamachar.com

काठमाडौं । गणित धेरै विद्यार्थीका लागि चुनौतीपूर्ण विषय मानिन्छ । तर यदि गणितलाई रमाइलो खेलसँग जोड्न सकियो भने सिकाइ थप रोचक बन्न सक्छ । यही सोचबाट नेपाली युवा डेभलपर लीलाधर भट्टले ‘नम्बर ब्रेन’ (Number Brain) नामक मोबाइल गेम विकास गरेका छन्, जसले मानसिक गणना र तार्किक सोचलाई मनोरञ्जनात्मक तरिकाले अभ्यास गराउने लक्ष्य राखेको छ ।
इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङमा स्नातक भट्टले अधिकांश गणितसम्बन्धी एपहरू गृहकार्यजस्तै नीरस र कम अन्तरक्रियात्मक लाग्ने गरेको अनुभवबाट यो गेम बनाउने प्रेरणा पाएको बताउँछन् । उनका अनुसार खेलाडीले सही उत्तर दिएर ‘बस’ पात्रमाथि आक्रमण गर्ने अवधारणाले गणितीय चुनौतीलाई थप रोमाञ्चक बनाएको छ ।
Read full story at source (ictsamachar.com)