हर्क साम्पाङले सरकारसमक्ष राखे यी माग
baahrakhari.com · Mon May 18 09:28:19 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा धरानका विभिन्न विकास आयोजना र जनजीविकाका मुद्दालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार (जेठ ४) प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै उनले सरकारलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गरे ।
बैठकमा विशेष प्लेकार्डसहित उपस्थित भएका सांसद राईले संविधान र कानुन भए पनि जनताले आधारभूत आवश्यकता जस्तै, खानेपानी, सडक र नुन समेत सहज रूपमा पाउन नसकेको भन्दै सरकारको आलोचना गरे ।
Read full story at source (baahrakhari.com)