व्यक्तिगत श्रम स्वीकृतिमार्फत श्रमिक पठाउने एक म्यानपावरलाई ३ लाख जरिवाना
onlinekhabar.com · Thu Jul 02 15:16:01 GMT 2026

१८ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुप प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको भन्दै विभागले ३ लाख रूपैयाँ जरिवाना गर्दै सचेत गराएको छ ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ (३) अनुसार इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमार्फत कामदार पठाउन नपाउने स्पष्ट व्यवस्था रहेको जनाएको छ । सो कानुनी प्रावधानको कार्यान्वयनका लागि विभागले २०८२ चैत २७ गते सार्वजनिक सूचना जारी गरी सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको थियो ।
Read full story at source (onlinekhabar.com)