मालपोत कार्यालयका सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Mon May 18 10:12:34 GMT 2026

मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाम्चाले जिर्ण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा समेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरी मोलमोलाइ गरी दुई लाख रुपियाँ लिएको पुष्टि भएको छ ।
Read full story at source (gorkhapatraonline.com)