८ दिनपछि जीवितै उद्धार भए भेनेजुएला भूकम्पमा पुरिएका सुरक्षा गार्ड
nepalpress.com · Thu Jul 02 15:32:21 GMT 2026

एजेन्सी । भेनेजुएलामा गएको दुई वटा विध्वंसकारी भूकम्पको ८ दिनपछि बिहीबार बिहान पुरिएको ठाउँबाट एक सुरक्षा गार्डलाई जीवित नै उद्धार गरिएको छ । एक अन्तर्राष्ट्रिय उद्धार टोलीले ४३ वर्षीय सुरक्षा गार्डलाई भत्किएको बेसमेन्टबाट जीवितै उद्धार गर्न सफल भएको हो ।
४३ वर्षिय एर्नान अल्बर्टो गिल फ्लोरेस गत जुन २४ देखि भेनेजुएलाको ला गुएरा सहरको ग्यालेरियास प्लाया ग्रान्डे सपिङ सेन्टरको बेसमेन्टमा पुरिएका थिए । उद्धारकर्ताहरूले गत सप्ताहान्तमा नै उनीसँग सम्पर्क स्थापित गरे पनि जीवित नै निकाल्न सकिने हो वा होइन भन्नेबारे अन्योल थियो ।
Read full story at source (nepalpress.com)