विश्वविजेता फ्रान्सलाई चकित पार्दै स्वीटजरल्याण्डले इतिहास रच्यो
saralpatrika.com · Tue Jun 29 04:01:00 GMT 2021
काठमाडौं । उपाधीको मुख्य दावेदारका रुपमा हेरिएको फ्रान्स युरोकपको नकआउट चरणबाटै बाहिरिएको छ । अन्डरडग स्वीटजरल्यान्डले विश्व विजेता फ्रान्सलाई पेनाल्टिमा ५–४ गोलले रोकेर विदा गर्यो । स्टार स्ट्राइकर किलियन एमबाप्पे पेनाल्टिलाई गोलमा परिणत गर्न असफल भएपछि फ्रान्सको यात्रा अन्तिम १६ म रोकिएको हो । स्वीटजरल्यान्ड भने ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गर्यो ।
बुखारेस्टस्थित नेशनल एरिनामा भएको रोमाञ्चक प्रतिस्पर्धामा स्वीस टिमले तीन एकले पछि परेको स्थितिबाट पुनरागमन गरेको थियो । १५ औं मिनेटमा हेरिस सेफेरोभिचले गोल गर्दै स्वीटजरल्यान्डलाई अग्रता दिलाए । त्यसपछि स्वीटजरल्यान्डले पेनाल्टीमा गोल गर्दै फ्रान्स विरुद्धको दुरी २–० मा पुर्याउने सुनौलो मौकाको सदुपयोग गर्न सकेन । फ्रान्सका बेन्जिामिन पाभर्टले स्टेभन जुबेरलाई लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्रिको प्रयोगबाट उसलाई पेनाल्टी दिइएको थियो । तर रिकार्डो रोद्रिगेजको प्रहार फ्रेन्च गोलकिपर ह्युगो लोरिसले बचाए ।
Read full story at source (saralpatrika.com)