आठ दिनसम्म भग्नावशेषमा फसेका पुरुषको जीवितै उद्धार कसरी सम्भव भयो ?
shilapatra.com · Thu Jul 02 16:03:41 GMT 2026

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनसम्म फसेका ४३ वर्षीय हर्नान गिललाई जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले गिललाई भग्नावशेषमुनिबाट सुरक्षित बाहिर निकाल्न सफल भएको हो । उनलाई पहिचान गरेको करिब एक सय घण्टापछि उद्धार कार्य सफल भएको अधिकारीहरूले बताएका छन् ।
उद्धार अभियानमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र अमेरिकाका विशेषज्ञ टोली सहभागी थिए । उद्धारका क्रममा भग्नावशेषभित्र बनाइएका सुरुङहरू पटक–पटक भत्किँदा अभियान निकै जोखिमपूर्ण बनेको थियो ।
Read full story at source (shilapatra.com)