कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
shilapatra.com · Thu Jul 02 16:08:06 GMT 2026

चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार उनकै कार्यकक्षमा आक्रमण भएको छ । कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरूलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आज बिहान केही व्यक्तिले कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा आक्रमण गरेको बताए ।
Read full story at source (shilapatra.com)