गगन थापालाई विश्वास नगरे पनि आफ्नै वडा सभापतिलाई त विश्वास गर्नुस् : उपसभापति शर्मा
ratopati.com · Mon May 18 10:59:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबको पार्टीको मुख्य नीति ‘गुट भत्काउने र पार्टी बनाउने’ हुनुपर्ने बताएका छन् । काभ्रेको धुलिखेलमा आयोजित बागमती प्रदेशस्तरीय भेलामा सोमबार उपसभापति शर्माले पार्टीभित्रको आन्तरिक अविश्वास र शङ्कालाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा सभापति गगन थापालाई विश्वास नगरे पनि वडा सभापतिलाई विश्वास गर्न आग्रह गरे । शर्माले भने, ‘तपाईँहरू गगन थापालाई विश्वास नगर्नुस्, ठिकै छ । तर, आफ्नै वडाको पार्टी सभापतिलाई त विश्वास गर्नुस् ! क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गगन थापाले एक्लै गर्ने होइन, वडा वडामा पुगेर त्यहीँका वडा सभापतिले गर्ने हो ।’
Read full story at source (ratopati.com)